२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सभामुख चयनमा सकस, ओली र दाहालबीच जुट्नै सकेन सहमति



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख पदको उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा उम्मेदवार टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो ।

विगत लामो समयदेखि नेकपा अध्यक्षद्वय ओली र दाहालले सभामुख उम्मेदवार टुंगो लगाउन छलफल गरेपनि सहमति जुटन सकेको छैन । अध्यक्षद्वयबीच बिहीबार भएको छलफलमा समेत केही सहमति जुट्न सकेन । अध्यक्षद्वय ओली र दाहाल आ–आफ्नै अडानमा रहेका कारण सहमति जुटन सकेको छैन । नेकपाबाट सभामुखको उम्मेदवार बन्न स्थायी कमिटीका सदस्यहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा र पम्पा भुसालले दाबी गर्दै आएका छन् । यस्तै, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले समेत सभामुख हुन लबिङ गर्दै छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी उपसभामुख तुम्बाहाङ्फे, ओली नेम्वाङ, दाहाल सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भुसाललाई सभामुख बनाउनुपर्ने रणनीतिमा लागेका छन् । यता, नेकपा सचिवालय बैठकबाट भएको निर्णयानुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन मानेकी छैनन् । उनी नमानेपछि संसद् बैठक पटक–पटक सूचना जारी गर्दै स्थगित हुँदै आएको छ । संविधानअनुसार पाएको अधिकार प्रयोग गर्दै संघीय संसद्को प्रतिनिधिसभा बैठक जसरी पनि अगाडि बढाउने बताएकी उपभामुख डा. तुम्बाहाङ्फेले अन्ततः आफैंले बैठक स्थगित गर्दै आएकी छन् ।

गत ४ पुसदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । ६ माघमा संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको व्यक्ति हुनुपर्छ । झन्डै दुई तिहाइ बहुमतसहितको नेकपाले सभामुख छोड्न चाहेको छैन । तर, नेकपाबाटै उपसभामुख भएकी तुम्बाहाङ्फेले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढ्यो भने नेकपाले सभामुख पदमा उम्मेदवारी दर्ता गर्न पाउनेछैन । राजधानी दैनिकबाट