२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डद्वारा अफगानिस्तान पराजित



pic. AFP
अ+ अ-

आइसिसि टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा न्यूजील्यान्डले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ ।

चेन्नाईको चेपक रंगशालामा अफगानिस्तानले दिएको १८३ रनको लक्ष न्यूजील्यान्डले १७.५ ओभरमा पाँच विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो । अफगानिस्तानका लागि गुलाबादिन नाईबले सर्वाधिक ६३ रन बनाएका थिए । त्यसैगरी, रमानुल्लाह गुर्बाजले २७, सदिकिल्लाह अटलले २९, डारवीस रसूलीले २० रनको योगदान गरेका थिए ।

न्यूजील्यान्डका लागि लकी फर्गुसनले २ तथा म्याट हेनरी, ज्याकोब डफी र रचिन रबिन्द्रले एक एक विकेट लिएका थिए ।

जितका लागि १८३ रनको लक्ष पछ्याएको न्यूजील्यान्डको प्रारम्भ कमजोर रहेको थियो । स्कोर बोर्डमा १४ रन बनाउँदै न्यूजील्यान्ड २ विकेट गुमाएर दबाबमा परेको थियो । फिन अलेन १ र रचिन रबिन्द्र ० रनमै पभेलिएन फर्केका थिए ।

तर त्यसपछि ब्याटिङमा आएका ग्लेन फिलिप्सले ४२, मार्क च्यापम्यानले २८, ड्यारेल मिचेलले २५ रन बनाएका थिए ।

यो जितसँगै न्यूजील्यान्डले २ अंक जोडेको छ ।

समूह डी मा न्यूजील्यान्ड सहित अफगानिस्तान, क्यानडा, दक्षिण अफ्रिका र युएई रहेका छन् ।