२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोट दिनु भनेको छोरी दिनु भन्दा ठूलो कुरा हो, फेसबुक र टिकटक हेरेर निर्णय नगर्नुस्ः राप्रपा अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा नलिन आम मतदातालाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आयोजित जिल्लाका उम्मेदवारहरूको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले गम्भीर संकटमा रहेको र निर्वाचनले देशको भविष्य तय गर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले राप्रपाले शुरुदेखि नै राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ सम्झौता हुनुपर्ने माग राख्दै आएको स्मरण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले चुनाव अघि नै देश अनुकूलको मौलिक व्यवस्था निर्माण गर्न सुझाव दिएका थियौँ तर जबर्जस्त रूपमा देशलाई चुनावतर्फ धकेलिएको छ । एउटा प्रजातान्त्रिक पार्टी हुनुको नाताले हामीले यसलाई उपयोग गर्ने निर्णय गरेका छौँ ।’

भोटको तुलना छोरीको कन्यादानसँग

मतदानको महत्व बुझाउँदै लिङदेनले ‘भोट दिनेकुरा फेसबुक, रिल वा टिकटक हेरेर गर्ने नभएको बताउनु भयो । यो हात काटेर आफ्नो शक्ति हस्तान्तरण गर्ने कुरा भएको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘हामी छोरी दिँदा कति चोटी सोच्छौँ? कुटुम्बको पृष्ठभूमि, आचरण र योग्यता कति परीक्षण गर्छौँ? एउटा छोरी गलत घरमा पर्दा उसले मात्र दुःख पाउँछे, तर एउटा भोट गलत ठाउँमा पर्दा सिङ्गो देशले दुःख पाउँछ।’

अतिवादबाट देशलाई जोगाउन राप्रपाको आवश्यकता

सिंहदरबार जलाउन उक्साउने र जोगाउन नसक्ने तत्वहरू अहिले अतिवादतर्फ उन्मुख भएको भन्दै लिङदेनले चिन्ता व्यक्त गर्नुभयो । यदि संसद्मा राप्रपा जस्तो सुस्पष्ट विचार भएको शक्ति कमजोर भयो भने देश झन् ठूलो दुर्घटनातर्फ जाने निश्चित रहेको बताउनु भयो । उहाँले देशलाई थप द्वन्द्वमा जान नदिन र स्थिरता कायम गर्न राप्रपालाई जिताउनु अनिवार्य रहेको बताउनु भयो ।

पाँच वर्षभित्र विदेश जानु नपर्ने वातावरण बनाउने प्रतिवद्धता

राप्रपाले केवल राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा मात्र बोकेको नभई विकासको स्पष्ट मार्गचित्र पनि राखेको लिङदेनको दाबी छ ।
उहाँले भन्नुभयो, ‘हामीले मौका पायौँ भने ५ वर्षभित्र विकास र रोजगारीको मूल फुटाउँछौँ । ४०–५० हजार तलबका लागि हाम्रा युवाहरूले खाडीको गर्मीमा पसिना बगाउनु पर्दैन ।’ 

उहाँले नेपालको निर्णायकत्व नेपाली जनताकै हातमा रहने गरी काम गर्ने प्रतिज्ञा समेत गर्नुभयो ।

फागुन १ गते राजाको ‘फिर्ती सवारी’ मा उपस्थितिको अपिल

उहाँले आगामी फागुन १ गते हुने पूर्वराजाको सवारीमा सबैलाई उपस्थित हुन आग्रह गर्नुभयो । निर्वाचन फागुन २१ गते भएपनि भोलि नै हो भन्ने ठानेर उच्च मनोबलका साथ प्रचारमा जुट्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।