१४ असार २०८३, आईतवार
,
Latest
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गमका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा



फाइल फोटो
अ+ अ-

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।

आँखा जाँच तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमार्फत आँखाको प्रारम्भिक परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो । आफ्नै गाउँमा आँखा सेवा लिन पाउँदा खुसी लागेको स्थानीयवासी जीतबहादुर भुजेलले बताउनुभयो ।

“आँखा जाँच गराउन बाहिरका अस्पताल जाँदा धेरै खर्च र समय लाग्थ्यो,” उहाँले भन्नुभयो, “यहाँ नै शिविरमा सेवा पाउँदा निकै सहज भएको छ । हामी जस्तै धेरै नागरिक लाभान्वित भएका छौँ ।”

नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१, तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । दक्ष स्वास्थ्यकर्मीमार्फत स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष किरण राईले गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।

“गाउँस्तरसम्म सहज रूपमा आँखा स्वास्थ्य सेवा विस्तार गर्दै रोगीको पहिचान र उपचार गर्न शिविरमार्फत सेवा प्रवाह गरेका हौँ,” उहाँले भन्नुभयो, “सबै वडामा शिविर सञ्चालन गरी नागरिकलाई घरनजिकै सेवा प्रदान गरिएको छ ।” रासस