१४ असार २०८३, आईतवार
,
Latest
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक ललितकला प्रदर्शनी आजदेखि सुरु



अ+ अ-

धनुषा। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । यसअघि प्राविधिक कारणले स्थगित गरिएको प्रदर्शनी आजदेखि सुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेसका कलाकारहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई सिर्जनात्मक माध्यमबाट उजागर गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “ललितकला पहिचान र सभ्यताको प्रतिविम्ब हो । मधेस प्रदेशका कलाकारहरूले आफ्ना सिर्जनामार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रदेशको गौरव बढाइरहेका छन् । यस्ता प्रदर्शनीहरूले प्रतिभा पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।”

प्रदेश प्रमुख डा कर्णले राज्यले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूको चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शनमा राखिएका र यसले यहाँ पहिचान उजागर गरेको बताउनुभयो । प्रदर्शनीले स्थानीय कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।