२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलमाथि म्यानचेस्टर सिटीको नाटकीय जित



अ+ अ-

लिभरपुलको गृह मैदान एनफिल्डमा एर्लिङ हालान्डले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गरेपछि म्यान्चेस्टर सिटीले लिभरपुलाई २(१ ले हराएको छ। यो जितसँगै सिटीको प्रिमियर लिग उपाधि माथिको आशा अझै जीवित छ ।

यद्यपी आर्सनल ५६ अंक सहित शीर्ष स्थानमा कायम छ तर आइतबारको जितपछि सिटीले त्यो दूरी घटाएर ६ अंकमा झारेको छ ।

लिभरपुलका डोमिनिक सोबोस्लाइले ७४ औं मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर खेलमा सिटी हार मान्ने पक्षमा थिएन ।

यहीबीच ८४औँ मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गरेर खेललाई बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयको तनाबका बीच तेस्रो मिनेटमा हालान्डले पेनाल्टीबाट गोल गर्दै सिटीको जित पक्का गरे ।

स्टार खेलाडीले भरिएको तर पछिल्लो केही समयदेखि तुलनात्मक रुपमा लयमा नरहेको लिभरपुल ३९ अंकसहित छैटौँ स्थानमा सीमित रहेको छ ।