२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिद्युतिय सवारी साधनप्रति बढ्दो आकर्षण, बालाजुमा याडिया शोरूम सञ्चालन



अ+ अ-

काठमाडौँ । इन्धनको बढ्दो मूल्य, वातावरणीय चिन्ता र सरकारी नीतिगत सहुलियतका कारण नेपालमा बिद्युतिय सवारी साधनप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ ।

यही क्रमलाई थप मजबुत बनाउँदै काठमाडौँको बालाजुको गोरखा प्यालेसमा ‘याडिया’ (Yadea) ब्रान्डको बिद्युतिय सवारी साधन शोरूम सञ्चालनमा आएको छ । नयाँ शोरूम सञ्चालनसँगै ग्राहकले अत्याधुनिक प्रविधिमा आधारित बिद्युतिय दुईपांग्रे सवारी साधन एउटै स्थानबाट अवलोकन, परीक्षण र खरिद गर्न सक्ने सुविधा पाउनेछन् ।

याडिया शोरूम संञ्चालक अनिर मास्केका अनुसार बिद्युतिय सवारी साधन वातावरणमैत्री, कम सञ्चालन खर्चिलो र दीर्घकालीन रूपमा किफायती भएकाले नेपाली उपभोक्ताको रोजाइमा पर्दै गएको छ । बालाजुमा शोरूम सञ्चालनले राजधानीका साथै आसपासका क्षेत्रका ग्राहकलाई सहज सेवा उपलब्ध गराउने मास्केले जानकारी दिनुभयो ।

शोरूमको शुभारम्मका अवसरमा एक हप्तासम्म ग्राहकहरूका लागि अतिरिक्त रु. १०,००० छुटको विशेष अफर घोषणा गरिएको संञ्चालक सुप्रिया मास्केले जानकारी दिनुभयो ।

बिद्युतिय सवारी साधनको प्रयोगले कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने र दिगो यातायात प्रणाली विकासमा योगदान दिने अपेक्षा गरिएको छ ।

याडियाले लगातार ९ वर्षसम्म विश्वव्यापी बिक्री संख्यामा नम्बर–१ स्थान कायम गर्दै आएको छ।