२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाको नयाँ पुस्तक बजारमा आउँदै



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ब अध्यक्ष कमल थापाको नयाँ पुस्तक चाढै नै बजारमा आउने भएको छ ।

थापाद्वारा लिखित ‘संवर्धनवादः राष्ट्रिय पुनर्जागरणको प्रस्ताव’ नामक पुस्तक फागुन १ गते बिमोचन गर्ने तयारी भएको बताईएको छ । संबर्धन पब्लिकेसन्सद्वारा प्रकाशन हुने पुस्तकको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको प्रकाशनले जानकारी दिएको छ ।

नयाँ संक्रमणतर्फ उन्मुख नेपालको राजनीतिमा यो पुस्तक एक महत्वपूर्ण वैचारिक विकल्पका रूपमा सार्थक बहसको आधार बन्ने विश्वास लेखक थापाले लिएका छन् ।

उक्त पुस्तकको बिमोचन आम्रपाली वैक्वेट, भाटभटेनी, टङ्गालमा हुने तय गरिएको छ । यसअघि थापाद्वारा लिखित “नाकाबन्दी र भुराजनिती”, “द्वन्द ब्यबस्थापन र चुनौती” र “बहिनिलाई चिट्ठी” प्रकाशित भैसकेको छ ।

थापा आगामी निर्बाचनमा काठमाडौं- ५ मा राप्रपाको तर्फबाठ उम्मेदवार समेत रहेका छन् ।