१४ असार २०८३, आईतवार
,
Latest
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा चार करोड बढी बालकालिकालाई पाेलियाे खोप



अ+ अ-

इस्लामाबाद। पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।

अभियान अन्तरगत देशभरका चार करोड ४० लाख भन्दा बढी बालबालिकलाई खोप लगाइएको राष्ट्रिय आपतकालीन अपरेसन सेन्टरले सोमबार जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार पूर्वी पञ्जाब प्रान्तमा दुई करोड २९ लाख दक्षिणी सिन्धमा एक करोड पाँच लाख उत्तरपश्चिम खैबर पख्तुनख्वामा ७१ लाख ३० हजार र दक्षिणपश्चिम बलुचिस्तानमा २३ लाख ६० हजार भन्दा बढी बालबालिकाहरूलाई खोप लगाइएको थियो ।

यसै गरी अन्य क्षेत्रहरूमा सङ्घीय राजधानी इस्लामाबादमा चार लाख ५५ हजार भन्दा बढी, उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा करिब दुई लाख ६१ हजार र कश्मीरमा छ लाख ७३ हजार भन्दा बढी बालबालिकाहरूलाई खोप लगाइएको जनाइएको छ ।

स्वास्थ्य अधिकारीहरूले अभियानका सबै सहयोगीहरूलाई उनीहरूको सहयोग र सक्रिय सहभागिताका लागि धन्यवाद दिदै राष्ट्रव्यापी अभियान पोलियो उन्मूलनको प्रमुख कदम भएको उल्लेख गरेका छन् ।

पछिल्लो समयमा विश्वका अन्य देशहरुमा पोलियो उन्मुलन भइसकेको भएता पनि पाकिस्तानमा अझै पोलियोको समस्या रहेको उल्लेख गर्दै अधिकारीहरूले दिगो उच्च–गुणस्तरय अभियानहरू र सीमापार समन्वयले यसको उन्मूलन गर्न महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।(रासस/सिन्ह्वा)