१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेब्रुअरी १४ देखि आठौं नेपाल राइडर्स मिट हुने



अ+ अ-

काठमाडौँ। नेपालमा आठौं नेपाल राइडर्स मिट आयोजना हुने भएको छ ।

नेपालमा साहसिक मोटरसाइकल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फेब्रुअरी १४ देखि १६ सम्म मिट आयोजना हुन लागेको हो ।

आयोजक संस्था फोर नेपाल र द हिमालयन मोटरसाईकल एक्सपिरियन्सले सोमवार काठमाडौमा पत्रकार सम्मेलन गरी लाँकुरीभञ्जाङमा कार्यक्रम हुने जानकारी दिएको छ ।

कार्यक्रममा नेपालसहित भारत, भूटानलगायत विभिन्न देशका ५०० भन्दा बढी रोयल इन्फिल्ड राइडरहरूको सहभागिता रहने आयोजक संस्था द हिमालयन मोटरसाईकल एक्सपिरियन्सका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय कला–संस्कृति झल्कने नृत्य, स्थानीय उत्पादन तथा परिकार प्रदर्शनी पनि गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मोटरसाइकलसम्बन्धी विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिताअन्तर्गत टग अफ वार, स्किल टाइम ट्रायल ३५०, स्किल टाइम ट्रायल ४११, स्लो रेस, कम्बो ब्याकवार्ड पुल तथा बियर चग आयोजना गरिनेछ ।

उहाँले भन्नुभयो, ‘तीन दिनसम्म बस्दा उहाँहरु टेन्टमा बस्ने हो, त्यो बाहेकको सेवा सुविधा हामीले उपलब्ध गराउँनेछौँ । त्यसको लागी पहिलो प्राथमिकता स्थानिय समुदायकोलाई नै दिइनेछ ।

स्थानिय रुपमा उत्पादन हुने बस्तुहरुको फुड स्टल राखिनेछ । यो पटक लाकुरी भञ्जाङकमा गर्न लागेको छौँ, त्यहाँको तामाङ र नेवारी समुदायको फुड स्टल राख्नेछौँ । उहाँहरुले दिन नसक्ने कुराहरु मात्रै बाहिरबाट मगाउनेछौँ । साथै स्थानिय साँस्कृतिक कार्यक्रम तथा लाईभ व्याण्ड र मोटरसाइकलसम्बन्धी विभिन्न खेलहरु पनि खेलाईनेछ ।’

कार्यक्रम सफल बनाउन विभिन्न समिति गठन गरी तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । विदेशी पाहुनाको आतिथ्य व्यवस्थापन नेपाल पर्यटन बोर्डको सह–आयोजनामा गरिनेछ । नेपाललाई सुरक्षित र साहसिक मोटरसाइकल यात्राको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन यो कार्यक्रममा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको छ । – न्युज एजेन्सी नेपाल