आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज नामिबिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड, युएई, पाकिस्तान र अमेरिका बिच खेल हुनेछ ।
पहिलो खेल बिहान ११.१५ बजे नामिबिया र नेदरल्यान्ड्स बिच खेल हुनेछ । समूह ए मा रहेका यी दुई टिमको खेल दिल्लीमा हुनेछ ।
यसैगरी दोस्रो खेल न्यूजील्यान्ड र युएई बिच बिच भारतको चेन्नाईमा हुनेछ । समूह डी मा रहेका यी दुई टिम बिचको खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ ।
तेस्रो तथा अन्तिम खेल पाकिस्तान र अमेरिका बिच श्रीलंकाको कोलम्बोमा हुनेछ । समूह ए मा रहेका यी दुई टिमको यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ । एजेन्सी












