२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य आज पनि बढ्यो



अ+ अ-

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रू. ९०० ले वृद्धि भइ रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रू. १० ले घटी रु पाँच हजार २४० कायम भएको छ ।

सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।