१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण पदक



अ+ अ-

काठमाडौं । पाकिस्तानमा सञ्चालन भएको नवौँ पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगिता (9th Pakistan Army Team Spirit) मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको छ ।

माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पन्जाब प्रान्तको खारियाँ स्थित National Counter Terrorism Centre (NCTC) मा पाकिस्तान सहित १७ राष्ट्रका ३८ वटा सैनिक टोलीहरूको सहभागिता सञ्चालन भएको उक्त सैन्य अभ्यासमा सहभागी टोलीहरू बिच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशल लगायतका दक्षताहरूको परीक्षण गरिएको थियो ।

सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ र २०२५ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।