२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकूदले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गरायो : मन्त्री विश्वकर्मा



अ+ अ-

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग)ले देशको गौरव बढाएको बताउनुभएको छ । कास्कीमा आजदेखि शुरु भएको ‘माछापुच्छ«े त्रिशक्ति युनाइटेड कप’ गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले साग खेलकूदको सफलतासँगै नेपाल र नेपालीको प्रतिष्ठा, इज्जत र गरिमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भएको बताउनुभयो ।

पछिल्लो समयमा खेलकूदबाट सिङ्गो देशको प्रतिष्ठा माथि उठेको महसुस भएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “सम्पूर्ण देशको ध्यान फेरि एक पटक खेलकूद क्षेत्रप्रति आकर्षित भएको छ । खेलकूदको विकासका लागि सबैतिरबाट चासो, अभिरुचि बढेर गएको छ ।”

खेल क्षेत्रको विकास र विस्तारका लागि सरकारले नयाँ ढङ्गबाट सोचेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले ७५३ वटै पालिकामा एक÷एक वटा दीर्घकालीन महत्वको स्थानीय तहको रङ्गशाला बनाउने योजना बजेट कार्यक्रममा उल्लेख गरिएकाले यसै महिनाबाट काम शुरु हुने जानकारी दिनुभयो । मन्त्रालयले प्रत्येक खेलग्राम निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको जानकारीसमेत दिनुभयो ।

सङ्घ र प्रदेश सरकारबाट चालू वर्षमा इतिहासमै पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र रहेको कास्की–३ मा शिक्षा, स्वास्थ्य तथा खेलकूदलगायतका विषयमा सर्वाधिक बजेट विनियोजन भएकाले समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा मन्त्री विश्वकर्माले जोड दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले सागको सफलताबाट विश्वले आँखा खोलेर हेर्ने स्थानमा नेपाल रहेको बताउँदै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सघाएको भनाइ राख्नुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले लाहाचोकको खेलमैदान गाउँपालिका र खेलकूदको केन्द्र बन्ने सम्भावना रहेको औँल्याउनुभयो । अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष कृष्ण थापाले माछापुच्छे«को भेँडाबारीमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले प्राविधिक केन्द्र बनाउन लागेको जानकारी जानकारी दिनुभयो ।

भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले युवालाई रोजगारी तथा लगानीमा जोड्ने उद्देश्यले सेती नदीमा २५ मेघावाट जलविद्युत् आयोजना निर्माण शुरु गर्न लागिएको जानकारी दिँदै सहयोगका लागि आग्रह गर्नुभयो ।

यही माघ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाबाट गरी १२ टोलीको सहभागिता रहेको छ । माछापुच्छ«े त्रिशक्ति क्लब र बागलुङ जिल्ला फुटबल सङ्घबीच आज भएको उद्घाटन खेलमा आयोजक त्रिशक्ति क्लब विजयी भएको छ ।

निर्धारित समयमा दुवै टोलीबाट एक÷एक गोल भएपछि पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले बागलुङलाई आयोजक टोलीले पराजित गरेको हो । प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार ५५५, ट्रफी तथा उपविजेताले रु ७७ हजार ७७७ पुरस्कार तथा ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष नीरज शाहीले जानकारी दिनुभयो ।

उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताइन्छ ।