२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस् : उपसभापति शर्मा



अ+ अ-

बाँके। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गर्नुभएको छ ।

निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताउनुभयो ।

शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गर्नुभयो ।  “जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,” उहाँले भन्नुभयो, “देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससँग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समाथ्र्य कांग्रेससँग छ ।”

भेलामा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूलसमिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नं ३ का उम्मेदवार अमरसिंह पुन, क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद गौडेल, क्षेत्र नं २ का उम्मेदवार शुधांसु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा जिल्लाभरी अगुवा कार्यक्रर्ताको सहभागिता रहेको थियो ।  रासस