२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय ओपनर अभिषेक शर्मा अस्पताल भर्ना, नामिबियाविरुद्ध खेल्ने सम्भावना अनिश्चित



अ+ अ-

एजेन्सी । भारतका ओपनर ब्याट्सम्यान अभिषेक शर्मालाई पेटमा सङ्क्रमणका कारण अस्पतालमा भर्ना गरिएको छ। अभिषेक विगत दुई दिनदेखि अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यम पीटीआईले जनाएको छ ।

बिसिसिआईको एक स्रोतले पीटीआईलाई बताएअनुसार अभिषेकलाई पेटमा सङ्क्रमणका कारण दिल्लीको एक निजी अस्पतालमा भर्ना गरिएको छ । उनलाई आज डिस्चार्ज गरिने सम्भावना रहेको बताईएको छ ।

बिहिबार भारतले नामेवियाविरुद्ध टी–२० विश्वकप खेल्दैछ । यदि अभिषेक नामिबियाविरुद्धको खेलका लागि फिट भएनन् भने सञ्जु सामसन र ईशान किशनले ओपनिङ गर्नेछन् ।

टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाविरुद्ध अभिषेक पहिलो बलमै आउट भएका थिए । त्यसपछि अमेरिकाको इनिङ्सका क्रममा उनी फिल्डिङमा ननिस्किएपछि भारतका सहायक प्रशिक्षक रायन टेन डोएसाटेले उनको पेटसम्बन्धी समस्याको बारेमा बताएका थिए ।

डस्चेटले अभिषेकको फिटनेसको प्रतिक्षामा रहेको बताएका थिए । उनले भनेका थिए, ‘उनलाई पेटमा केही समस्या छू हामी आशा गर्छौं कि उनी दुई दिनमा अर्को खेलका लागि उपलब्ध हुनेछन् ।’

त्यसैगरी, बिमारीका कारण अमेरिकाविरुद्ध पहिलो खेल गुमाएका जसप्रित बुमरा नामिबियाविरुद्धको खेलमा खेल्न तयार रहेका छन् । त्यस्तै, अलराउन्डर वासिङ्टन सुन्दर पनि टोलीमा फर्किएका छन् ।