२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरियोः सांसद रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बजारमा काला बजारीहरु सक्रिय भएको आरोप लगाउनुभएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गराएर सर्वसाधारणलाई सास्ती दिन थालिएको बताउनुभयो । चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृतिम अभाव देखाएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘चुनाव नजिँकिदै जाँदा कालाबजारीहरुले दैनिक उपभोग्य बस्तुको कृतिम अभाव देखाई मुल्यवृद्धि गराएर जनतालाई दुःख दिने कार्य शुरु भएको छ । बजार अनुगमन गरि दोषिलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दछु ।’ 

उहाँले बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।