२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रान्तिका अवसरमा कनकाई नदी तटमा स्नान गर्नेको घुइँचो



अ+ अ-

मकर सङ्क्रान्तिका अवसरमा कनकाई नदी तटमा स्नान गर्नेको घुइँचो लागेको छ । नदी तटमा मङ्गलबारदेखि नै मेला लागेका छ । कनकाई माईमा लाग्ने मेला पूर्वको प्रसिद्ध मेला हो । मेलामा किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ । कनकाई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकांक्षा पूरा गर्न र भाकल पुरा गर्न भक्तजनको भिडलाग्ने गर्दछ । नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा मनोकामना पूरा हुने जनविश्वास यहाँ रहेको पाइन्छ ।

कनकाई नदीको पूर्व तट र पश्चिम तट दुवैतर्फ अहिले मेला लागेको छ । मक्कर स्नान र मेला भर्नका लागि आउनेको भक्तजनको सहजताका लागि ३०० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार कनकाई नगरपालिको सुरुङ्गा बजारदेखि नै सीसी क्यामेराको निगरानीमा राखेर सवारीलाई एकतर्फी गरिएको छ । पुस मसान्तमा पकाएको पक्वान माघ १ गते खाने गरिन्छ ।

ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति भनिएको हो । सूर्यको उदयविन्दू दक्षिण तर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण शुरु हुन्छ भन्ने मान्यता रहेको छ । माघे सङ्क्रन्तिमा तिलको विशेष महत्व रहेको छ । माघे सङ्क्रान्तिमा तिलले स्नान गर्नु, तिल हवन गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त परिकार खुवाउनु वा खान गरी छ प्रकारले तिलको उपयोग गर्ने व्यक्ति कहिल्यै असफल नहुने शास्त्रीय मान्यता छ ।

स्नान माघे संक्रान्तिको मुख्य विशेषता हो । माघे सङ्क्रान्तिमा बिहानै उठेर पवित्र जलाशय गएर स्नान गर्नाले चर्मरोग निको हुने विश्वास गरिन्छ । स्नान गर्न सम्भव भए गङ्गा नभए तीर्थ, नदी वा जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता छ । सौर्य दैनिकबाट