२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्का: सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय



अ+ अ-

कोलम्बो। श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालिन सांसद अमराकिर्थी अथुकोराला र उहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ ।

हत्याको सम्बन्धमा कुल ४२ जनालाई अभियोग लगाइएको यो निर्णय एक विस्तारित सुनुवाइपछि आएको हो ।

मृत्युदण्डको सजायका अतिरिक्त अदालतले अन्य चार व्यक्तिलाई पनि छ महिनाको जेल सजाय सुनाएको छ । अन्य २३ जना अभियुक्तलाई अदालतले सफाइ दिएको थियो ।

आरोपहरू सन् २०२२ मेमा राष्ट्रव्यापी अशान्तिको समयमा प्रकट भएका घटनाहरूबाट उत्पन्न भएका थिए । रिपोर्टअनुसार हत्या गरिएका सांसद अमराकिर्थी अथुकोराला र उहाँका सुरक्षा अधिकारीले आक्रोशित प्रदर्शनकारीमाथि गोली चलाउँदा दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।

प्रदर्शनकारीमाथि भएको आक्रमण पछि त्यसै दिन गोली चलेको स्थान नजिकैको भवनमा सांसद अमराकिर्थी र उहाँका सुरक्षाकमीलार्ई हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । (रासस/सिन्ह्वा)