२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनललाई पछ्याउँदै म्यान्चेस्टर सिटी, लिभरपुल विजयी



अ+ अ-

इङलिस प्रिमियर लिगमा आज मध्यराति भएका खेलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

म्यान्चेस्टरको गृह मैदान एतिहाद रङ्गशालामा भएको खेलमा म्यान्चेस्टरले फुलह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । दुबै टिमबाट एकअर्काका गोलपोस्टमा निकै राम्रा प्रहार गरे पनि अन्तत: सिटी नै विजयी भयो ।

सिटीका लागि एन्टोन सेमेन्यो, निको ओ–राइली र एर्लिङ हालान्डले गोल गरेका थिए ।

यो जितसँगै सिटीले २६ खेलबाट लिगमा ५३ अंक सहित दोस्रो स्थानलाई सुरक्षित र थप बलियो बनाएको छ । यद्यपी २५ खेल खेलेको आर्सनल भन्दा सिटी अब ३ अंकले मात्र मुनि छ ।

उता, लिभरपुलले भने सन्डरल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेर प्रिमियर लिगमा छैटौं स्थानमा उक्लेको छ । लिभरपुलका लागि एक मात्र गोल भर्जिल भान जिकले गरेका थिए ।

लगातार २ खेल हारेको सन्डरल्यान्ड भने ३६ अंक सहित लिगको एघारौं स्थानमा छ ।

अन्य खेलहरुका नतिजा
नटिङघम फरेस्ट vs उल्भ्स (०–०)
एस्टन भिल्ला vs ब्राइटन (१–०)
बर्नली vs क्रिस्टल प्यालेस (३–२)