१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम



अ+ अ-

भोजपुर। जिल्ला निर्वाचन कार्यालयले मत बदर हुन नदिन आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उक्त कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

मतदातालाई सही तरिकाले मतदान गर्ने विधि, निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा नागरिक कर्तव्यबारे जानकारी गराइने उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत जिल्लाका ८१ वटै वडामा मतदाता स्वयंसेवक नियुक्त गरिएका छन् । प्रत्येक वडामा खटाइएका स्वयंसेवकले घरघरमा पुगेर मतदातालाई सिकाउने छन् ।

सार्वजनिकस्थल तथा सामुदायिक भवनमा समूहगत रूपमा पनि मतदानसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । रासस