२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी



अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा तथा सरकारी निकायका अधिकारीसँग छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो ।

सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी केसीले शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलतासमेत नदेखिएको जानकारी गराउनुभएको थियो । विगत केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपातका घटना कमै भएको उल्लेख गर्दै उहाँले हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुनसक्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले हालसम्मको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । “यो निर्वाचन सामान्य अवस्था र नियमित प्रकृतिको होइन । हामी विशेष अवस्थामा चुनाव गर्दैछौँ । त्यसैले यसलाई विशेष तयारीका साथ सम्पन्न गर्नुपर्छ । सकेसम्म धेरै मतदाता सहभागी गराउन हाम्रो प्रयास रहनुपर्छ”, उहाँले भन्नुभयो,“स्वतन्त्र र विश्वसनीय वातावरणमा धेरैभन्दा धेरै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ । त्यसका लागि हामीले सकेको सबै प्रयत्न गर्छौं, गर्नुपर्छ । फागुन २१ गते एकैदिनमा देशभर एकसाथ निर्वाचन हुन्छ ।”

प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले भोजपुरमा पनि निर्वाचन तयारीबारे जानकारी लिएको छ ।  भोजपुरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग अन्तक्र्रिया गरिएको थियो ।

भोजपुरमा पनि सुरक्षासँग सम्बन्धित चुनौती खासै नरहेको जिल्ला सुरक्षा प्रमुखहरूले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीसँगै उहाँका प्रेस सल्लाहकार रामबहादुर रावल, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलगायतको टोली भ्रमण टोलीमा रहेको छ । रासस




भर्खरै