२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै



अ+ अ-

आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज पहिलो खेलमा अस्ट्रेलियाले जिम्बाबेको सामना गर्नेछ ।

समूह बी मा रहेको अस्ट्रेलियाले यसअघिको खेल जितेर उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा हुने यो खेल बिहान ११.१५ बजे सुरु हुनेछ ।

यस समूहमा आयोजक श्रीलंका पनि रहेको छ । उसले विश्वकपका दुबै खेल जितेर ४ अंक बटुलेको छ । श्रीलंकाले ओमान र आयरल्यान्डलाई पराजित गरेको थियो ।

यस्तै एक खेल खेलेको अस्ट्रेलियाको २ अंक छ । अस्ट्रेलियाले यसअघि आयरल्यान्डलाई पराजित गरेको थियो ।

दोस्रो खेल क्यानडा र युएई बिच हुनेछ । भारतको दिल्लीमा हुने यो खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ । समूह डी मा रहेका यी दुबै टिमले एक एक खेल खेलिसकेका छन् तर जित्न सकेका छैनन् ।

तेस्रो खेल नेदरल्यान्ड्स र युएसए बिच भारतको चेन्नाईमा हुनेछ । यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्सले एक जित र एक हार व्यहोरेको छ भने युएसए टिमले खेलेका दुबै खेल हारेको छ ।