काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापामा करिब तीन महिना बसेर आज काठमाडौँ फर्किदै हुनहुन्छ ।
दिउसो १२ बजे झापाको भद्रपुर बिमानस्थलबाट बुद्ध एयर मार्फत काठमाडौं आउन लाग्नु भएको हो । राजसंस्थापक्षधरले पूर्वराजाको स्वागतमा आज विमानस्थलमा र्याली गर्ने तयारी गरेका छन् ।
उनिहरुले बिमानस्थलबाट तिलगंगा चाबहिल चक्रपथ , महाराजगंञ्ज हुदै निर्मल निबास लैजाने तयारी गरेका छन् ।
राजसंस्थापक्षधरको प्रर्दशन तयारी पछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
एकवर्षअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौँ फर्कँदा स्वागतमा विमास्थलमा ठूलो भीड लागेको थियो। त्यस समयको भीडले काठमाडौँमा यातायात नै प्रभावित भएको थियो।












