२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बरियतामा प्रिन्सले मारे छलाङ



अ+ अ-

काठमाडौं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिनुभएको छ ।

एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा हुनुहुन्थ्यो । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ । प्रिन्सले प्राप्त गर्नुभएको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो । हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अङ्कले पराजित हुनुभएको थियो । भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा हुनुहुन्छ ।

दुई साताअघि प्रिन्स विश्व बरियताको ३२औँ स्थानमा हुनुहुन्थ्यो । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स ९युएई०मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उहाँको बरियतामा उल्लेख्य सुधार भएको हो । ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा हुनुहुन्छ भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा हुनुहुन्छ ।