२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको खेलमा भारतले नामिबियालाई ९३ रनको विशाल अन्तरले पराजित गरेको छ ।

भारतको नयाँदिल्लीमा भएको साँझको खेलमा पहिले ब्याटिङ गर्दै भारतले जितका लागि नामिबियासामु २१० रनको विशाल चुनौती दिएको थियो ।

नामिबियाले टस जितेर पहिले भारतलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । सूर्य कुमार यादवको कप्तानीमा रहेको भारतका लागि इसान किसन (६१ रन) र हार्दिक पान्ड्या (५२ रन) ले जितको आधार तयार गरेका थिए ।

यसबाहेक शिभम दुबेले २३, तिलक बर्माले २५, सन्जु साम्सनले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै योगदान गरेका थिएनन् ।

जितका लागि २१० रनको लक्ष पछ्याएको नामिबिया १८.२ ओभरमा ११६ रनमै समेटियो । भारतीय बलरका सामुन्ने नामिबियाली खेलाडीहरु टिक्न सकेनन् । टिमका लागि लाइरेन स्टेनक्याम्पले सर्वाधिक २९ र जान फ्राइलिन्कले २२ रन बनाएका थिए ।

भारतीय बलरहरु वरुन चक्रवर्तीले ३, अक्षर पटेल र हार्दिक पान्ड्याले दुई दुई, अर्सदिप सिंह, शिभम दुबे र जसप्रित बुमराहले एक एक विकेट लिए ।

यो जितसँगै भारतले लगातार दुई खेल जितेर चार अंक बटुलेको छ । समूह ए का भारत र पाकिस्तानले समान चार अंक बटुलेका छन् भने युएसए र नामिबिया जितविहीन रहँदै समूहमा अन्तिममा छन् । नेदरल्यान्ड्सले भने एक जितका कारण २ अंक पाएको छ ।