१३ असार २०८३, शनिबार
,
Latest
निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा



अ+ अ-

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुग्नु भएको छ ।

बुद्ध एयरबाट काठमाडौं फर्कने भनिए पनि अन्तिम समयमा उहाँ दमकस्थित चिया बगानबाट हेलिकप्टरबाट काठमाडौं फर्कनु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

पूर्वराजा शाहको स्वागतका लागि काठमाडौं विमानस्थल परिसर र सिनामंगल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले पाँच जना भन्दा बढी मानिस भेला हुन नदिने भन्दै विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

विमानस्थलदेखि निर्मल निवाससम्म ठूलो स‌ंख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वराजा तीन महिना अघि झापा जानु भएको थियो ।