२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन शान्तिपूर्ण र मानक बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन



अ+ अ-

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्की ले ताप्लेजुङ भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले पाथीभरा मन्दिर र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्नुभएको हो।

बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनपछि प्रधानमन्त्री कार्कीले त्यहाँ भेला भएका स्थानीय तथा दर्शनार्थीहरूसँग संवाद गर्दै आगामी निर्वाचनलाई सफल बनाउन सबै नागरिकलाई मतदानमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले यसपटकको निर्वाचन सामान्य नभई विशेष परिस्थितिमा हुन लागेको उल्लेख गर्दै देशलाई निकास दिने र भविष्य कोर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।

कार्यक्रमका क्रममा प्रधानमन्त्री कार्कीले सर्वसाधारणका जिज्ञासाको जवाफ दिनुका साथै स्थानीयसँग सामूहिक तस्बिरसमेत खिचाउनुभएको थियो। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, पुजारी डिल्लीरमण पौडेललगायतले उहाँलाई स्वागत गरेका थिए।

त्यसपछि प्रधानमन्त्री कार्कीले ताप्लेजुङ सदरमुकाम फुङलिङमा सरकारी अधिकारीहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे छलफल गर्नुभयो। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरूले निर्वाचन तयारीबारे जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार जिल्लामा ९० हजार ३२७ मतदाता रहेका छन् भने २ अस्थायीसहित ८२ मतदानस्थल तोकिएका छन्। तीमध्ये चार मतदानस्थल हिमाली तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका छन्। मौसम हाल सामान्य रहे पनि हिमपात भए कर्मचारी आवतजावतमा कठिनाइ हुन सक्ने भएकाले मतपेटिका हेलिकप्टरमार्फत ओसार्ने व्यवस्था गर्न अनुरोध गरिएको छ।

सुरक्षा अवस्था हालसम्म सामान्य रहेको र चारवटै सुरक्षा निकायबीच प्रभावकारी समन्वय रहेकाले निर्वाचन सहज रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।

छलफलको समापनमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिताका दृष्टिले भविष्यका लागि उदाहरणीय बनाउने गरी काम गर्न निर्देशन दिनुभयो। उहाँले यो निर्वाचन मुलुकलाई नयाँ चरणमा रूपान्तरण गर्ने महत्वपूर्ण कोशेढुंगा हुने उल्लेख गर्दै जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।

दुई दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री कार्की आजै काठमाडौं फर्किनुभएको छ।