१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध



अ+ अ-

लुम्बिनी। रूपन्देही जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आज सूचना जारी गरी सम्पूर्ण दल एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आचारसंहिता विपरीतका गतिविधि नगर्न नगराउन अनुरोध गरेको छ ।

सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ जारी भई लागू भइसकेको अवस्था विभिन्न दल एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिता विपरीतका विभिन्न गतिविधिहरू भइरहेको गुनासो प्राप्त हुन आएकाले निर्वाचन आचारसंहिता २०८२, विपरीतका गतिविधि नगर्न नगराउन ध्यानाकर्षण गराइएको छ ।

सूचनामा आगामी फागुन ४ गतेदेखि हुने विभिन्न कार्यक्रममा (जुलुस, आमसभा, कोणसभा, भेला जस्ता कार्यक्रम) निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

सूचनामा राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि कार्यक्रम गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई कार्यक्रमको मिति, समय, मार्ग र स्थानका सम्बन्धमा जानकारी गराउनुहुन साथै स्थानीय प्रशासनको पूर्व स्वीकृति लिएर मात्र त्यस्ता खालका कार्यक्रम गर्नु गराउनुहुन अनुरोध गरिएको छ । रासस