२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई यात्रुसँग जफथ गरिएको सूर्तिजन्य पदार्थ विमानस्थल भन्सार कार्यालय नै बेच्दै



अ+ अ-

काठमाडौं । अनाधिकृत रूपमा नेपाल भित्र्याइएको भन्दै हवाई यात्रुसँग जफथ गरिएका मापदण्डविपरीतका सूर्तिजन्य पदार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नै कानुन विपरीत बिक्री गर्ने तयारी गरेको छ । भन्सार कार्यालयले जफथ गरिएका ७ हजार ५८५ भनिएका विभिन्न सूर्तिजन्य पदार्थलाई न्यूनतम मूल्य ४४ लाख ३७ हजार २ सय २५ रूपैयाँ कायम गरी लिलाम बढाबढ पद्धतिबाट बिक्री गर्ने सूचना निकालेको छ ।

कार्यालयले आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ को मुद्दाअनुसार विभिन्न समयमा यात्रुबाट जफत गरेको सूर्तिजन्य पदार्थ कानुनविपरीत लिलामको सूचना सार्वजनिक गरेको हो । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन २०६८ को दफा ९ को उपदफा (३) अनुसार ती सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न मिल्दैन । उपदफा ३ मा आयातकर्ताले उपदफा १ बमोजिमको मापदण्ड पुरा नभएको सूर्तिजन्य पदार्थ आयात गर्न पाउने छैन भनिएको छ ।

उपदफा १ मा सूर्तिजन्य पदार्थको प्याकेटमा राख्नुपर्ने चेतावनीमूलक स्वास्थ्य सन्देश तोकिएको साइजमा नेपाली भाषामा प्रष्टसँग अंकित गर्नुपर्ने उल्लेख छ । सो ऐनको दफा ९ (१) ले सूर्तिजन्य पदार्थको प्याकेटको कुलमध्ये ७५ प्रतिशत भागमो चेतावनीमुलक चित्र हुनुपर्ने भनिएको छ । सोही ऐनको दफा ९ (२) चेतावनीमूलक सन्देश तथा संकेत चिन्ह समय समयमा थप गर्न सक्नेछ भनिएको छ । सोहीअनुसार सरकारले ०७१ सालमा नै सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी, तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका ल्याएको छ ।

त्यसले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्रअंकित सन्देश हुनुपर्ने उल्लेख छ । उक्त चित्रअंकित अनुसार नभएको सूर्तिजन्य पदार्थलाई अवैध भनेको छ । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा २१ ले त्यस्ता मापदण्ड विपरीतका सूर्तिजन्य पदार्थ नष्ट गर्नुपर्ने उल्लेख छ । तर, विमानस्थल भन्सार कार्यालयले १५ दिनको सूचना प्रकाशन गरी जफत गरेको सुर्तिजन्य पदार्थ लिलाममा बिक्री गर्न लागेको हो । सुर्तिजन्य पदार्थ लिलाममा बिक्रीका लागि सोमबार १५ दिने सूचना प्रकाशन गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालका अनुसार भन्सार ऐनअनुसार बिक्री वितरणको लाइसेन्स प्राप्तहरूलाई मात्रै सूर्तिजन्य पदार्थ बिक्री गर्ने गरी सूचना प्रकाशन गरिएको हो । भन्सार ऐनअनुसार चोरी पठारी गरेर ल्याएको समानको मूल्यांकन गरेर बिक्री गर्न लागेको उनले बताए । कार्यालयले पहिलोपटक यसरी बिक्री गर्न लागेको उनले सुनाए । उनले भने, ‘मान्यता प्राप्तलाई मात्रै बेच्ने हो । जफत गरेको पदार्थले राज्यलाई पनि केही राजस्व आउँछ ।’ ऐनमा उक्त पदार्थ नष्ट गर्दा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नष्ट गर्नुपर्ने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुनका उपसचिव पुष्करराज नेपाल जफत गरिएका सूर्तिजन्य पदार्थ पुनः बिक्री गर्न नमिल्ने बताउँछन् । ‘सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धि कानुनले जफत गरिएका सूर्तिजन्य पदार्थ विक्री गर्न होइन नष्ट गर्न भनेको छ, उनले भने । त्यसका लागि निरीक्षक समेत तोकिएको छ । मानव स्वास्थ्यमा हानी गर्ने यस्ता पदार्थ विक्री वितरण गर्नु सूचना निकाल्नु कानुन विपरीत भएको उनले बताए । त्यस्तै सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा सक्रिय संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्ति नियन्त्रणसम्बन्धी ऐनको दफा ९ (१) र (३) को व्यवस्था विरूद्ध हुनेगरी र सोही ऐनको दफा २१ विपरीत हुनेगरी सरकार आफैँले कानुनको खिल्ली उडाउन लागेको बताए ।

‘सूर्तिजन्य पदार्थको आयात गर्न कानुनले स्पष्ट व्यवस्था गरेको छ । तर त्यस विपरीत ल्याइएका सूर्तिजन्य पदार्थ स्वतः मापदण्डविपरीत हुन्छ ।’ उनले भने, ‘जफत गरिएका सामान नष्ट गर्नुपर्छ । तर यहाँ लिलाममा राखेर सरकारले जनस्वास्थ्य प्रतिको अज्ञानता मात्रै होईन कानुनको समेत उल्लंघन गरेको छ, तत्काल सच्याउनुपर्छ ।’ लिलामका लागि प्रस्ताव राख्ने कम्पनीले कबुल गरेको रकमको १० प्रतिशत रकम राष्ट्रिय वाणिज्य बैंकमा भन्सार कोषको खातामा दाखिला गर्नुपर्ने छ ।

विमानस्थल भन्सार कार्यालयले पछिल्लो समय वैदेशिक रोजगारीमा तथा अध्ययनलगायत विभिन्न प्रयोजनका लागि विदेश जानेले लैजान लागेको सुर्तिजन्य प्रदार्थ नियन्त्रणमा लिँदै आएको छ । कार्यालयले सोही सुर्तिजन्य प्रदार्थ लिलामका लागि सूचना प्रकाशन गरेको होे । सौर्य दैनिकबाट