२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा गोल्डकपः प्लानिङ ब्वाइज विजयी



अ+ अ-

कास्की।  पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ । पोखरा रङ्गशालामा भएको खेलमा प्लानिङले ४–० गोलको फराकिलो अन्तरले फ्रेण्ड्समाथि जित निकालेको हो ।

विदेशी खेलाडी पापा इबु केबेको ह्याट्रिकको मद्दतमा उत्कृष्ट जित निकाल्दै प्लानिङ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । प्लानिङले आहा रारामा पहिलोपटक सहभागिता जनाएको हो । खेलको २४औँ मिनेटमा पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई एलेक्स विलियनले गोल गर्दै अग्रता दिलाएका हुन् । पहिलो हाफको इन्जुरी समयमा प्लानिङले अर्को गोल थपे भने साहिल केसीले दिएको उत्कृष्ट पासलाई केबेले उत्कृष्ट गोलमा परिणत गरे ।

खेलको ५४औँ मिनेटमा केबेले दोस्रो गोल गर्दै फ्रेण्डसमाथि दबाबसँगै अन्तर फराकिलो बनाए । खेलको ८१औँ मिनेटमा गोल गर्दै केबेले ह्याट्रिक गरेका छन् । शनिबार हुने पहिलो क्वाटरफाइनल खेलमा घरेलु टोली सहाराले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक सहाराका अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउनेछन् । रासस




भर्खरै