आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणका आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार पहिलो खेल आयरल्यान्ड र ओमान बिच हुनेछ ।
समूह बी मा रहेका यी दुई टिम पहिलो जितको खोजीमा रहने छन् । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा हुने यो खेल बिहान ११.१५ बजे सुरु हुनेछ । आजको खेलमा पराजित हुने टिम विश्वकपको समूह चरणबाटै विदा हुनेछ ।
यस समूहमा रहेका श्रीलंका, जिम्बाबेले चार चार अंक बटुलेका छन् भने अस्ट्रेलियाले एक खेल जितेर २ अंक बनाएको छ ।
यस समूहमा आयोजक श्रीलंकाले यस विश्वकपका दुबै खेल जितेर ४ अंक बटुलेको छ । श्रीलंकाले ओमान र आयरल्यान्डलाई पराजित गरिसकेको छ । यस्तै एक खेल खेलेको अस्ट्रेलियाको २ अंक छ । अस्ट्रेलियाले यसअघि आयरल्यान्डलाई पराजित गरेको थियो ।
दोस्रो खेल इङल्यान्ड र स्कटल्यान्ड बिच हुनेछ । भारतको कोलकाता स्थित इडेन गार्डेन्स रंगशालामा हुने यो खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ । समूह सी मा रहेका यी दुबै टिमले एक एक खेल जितेर दुई दुई अंक बटुलेका छन् । वेस्ट इन्डिजले भने दुई खेलबाट चार अंक बटुलेर समूहको शीर्ष स्थानमा छ ।
यही समूहमा रहेको नेपाल भने इटाली र इङल्यान्डसँग पराजित हुँदै अंक विहीन छ ।
तेस्रो खेल भने दक्षिण अफ्रिका र न्युजील्यान्ड बिच हुनेछ । भारतको अहमदाबादमा हुने यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ । आज विजयी हुने टिम छ अंक सहित सुपर आठमा पुग्नेछ ।
यस समूहका अफगानिस्तान र क्यानडा भने जितविहीन छन् भने युएईले एक खेल जितेर २ अंक बनाएको छ ।
खेलहरु संक्षेपमा
पहिलो खेल : आयरल्यान्ड vs ओमान (११.१५ बजे)
दोस्रो खेल : इङल्यान्ड vs स्कटल्यान्ड (३.१५ बजे)
तेस्रो खेल : दक्षिण अफ्रिका vs न्युजील्यान्ड (७.१५ बजे)











