१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा



अ+ अ-

बैतडी। मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा, किरन धामी, रोशन साउद, आयुश द्वारिया, लोकेन्द्र चन्द, मिलन बोहरा, आशिष तिरुवा, सौर्य श्रेष्ठ, सुशिल रावल, टेक रावत, कैलाश ऐर, लोकेन्द्र ऐर र दिपक टमटा रहेका छन् ।

उक्त टोलीले गैँडाकोट नगरपालिका, नवलपरासीको प्रवद्र्धन, नव जागरण ग्रामिण विकास केन्द्रको आयोजना तथा नवलपुर जिल्ला क्रिकेट सङ्घको सह–आयोजनामा हुन लागेको पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय  क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ । प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछ । रासस