१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधु सन्तहरुको आगमनले पशुपति क्षेत्र गुञ्जायमान



अ+ अ-

काठमाडौँ। महाशिवरात्रिको पावन अवसरमा आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्रमा अहिले विशेष चहलपहल छ ।

आईतवारको महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सबै सुरक्षा, व्यवस्थापन र सजावटका कार्यहरू पूरा गरेको छ ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र अहिले साधुसन्तहरूको आगमनले भरिभराउ भएको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट ४ हजारभन्दा बढी साधुसन्त र नागा बाबाहरू पशुपति आइपुगेका छन् ।

विशेषगरी भारतका विभिन्न अखडाबाट सयौँ नागा बाबाहरूको उपस्थिति छ । उनीहरूले बाल्ने धुनीले पशुपति क्षेत्रमा एउटा फरक र आध्यात्मिक वातावरण सृजना गरेको छ ।

पशुपतिनाथको मुख्य मन्दिर र वरपरको क्षेत्रलाई फूल र आधुनिक बत्तीहरूले झिलिमिली पारिएको छ । वनकाली, भुवनेश्वरी, राममन्दिर, मृगस्थली र बागमती किनारका क्षेत्रहरूमा रंगरोगन गरी आकर्षक बनाइएको छ । –न्युज एजेन्सी नेपाल