१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो



अ+ अ-

म्याग्दी।  म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका–२ का २८ वर्षीय सत बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रदेश अस्पताल बेनीमा उपचारका क्रममा बुढाको मृत्यु भएको हो । बुढासँगै ढिस्कोले पुरिएका रोल्पाको सुनछहरी–२ का टेकवीर बुढामगर र केशमान बुढामगरलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

टेकवीर र केशमान उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका र मृतक सत बुढाको शव प्रदेश अस्पतालको शवगृहमा परीक्षणका लागि राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

आज दिउँसो करिब १ः०० बजेको समयमा काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खसेर उहाँहरूलाई पुरेको थियो । रासस