१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन



अ+ अ-

काठमाडौँ। पञ्चायतकालीन राजनीतिक हस्ती तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा आज साँझ निधन भएको छ।

राप्रपाका वरिष्ठ नेता थापाको उपचारका क्रममा आज साँझ निधन भएको हाे।

२००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेको थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। राप्रपा निर्माणमा स्वर्गीय थापाको योगदान सदैव आदरपूर्वक स्मरणीय रहने पनि उनले उल्लेख गरे ।

पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिको संक्रमणकाल तथा पछिल्लो राजनीतिक परिवर्तनसम्मका घटनाक्रमका साक्षी रहेका थापा नेपाली राजनीतिक वृत्तमा अनुभव र स्पष्ट अभिव्यक्तिका लागि परिचित थिए।