२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा नेपाल र वेस्ट इन्डिजको खेल आज



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणका आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार पहिलो खेल नेपाल र वेस्ट इन्डिज बिच हुनेछ ।

समूह सी मा रहेको नेपाल पहिलो जितको खोजीमा रहने छ । निकै फर्ममा रहेर दुई खेल जितिसकेको वेस्ट इन्डिजसामु नेपालले कस्तो खेल्नेछ यसै भन्न सकिन्न ।

नेपालले यसअघि इङल्यान्डसँग चार रन तथा तुलनात्मक रुपमा कमजोर ठानिएको इटालीसँग १० विकेटले हारेर अंक विहीन छ ।

समूहको स्थिति

वेस्ट इन्डिज (४ अंक)

इङल्यान्ड (४ अंक)

इटाली (२ अंक)

स्कटल्यान्ड (२ अंक)

नेपाल (० अंक)

 

अझ नेपालले वेस्ट इन्डिजलाई राम्रो रन रेटका आधारमा हराउन सकेमा मात्र नेपालको झिनो आशा रहने छ ।

भारतको मुम्बई स्थित वान्खेडे रंगशालामा यी दुई बिचको भिडन्त बिहान ११.१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल पराजित भए विश्वकपको समूह चरणबाटै नेपाल विदा हुनेछ भने वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गर्नेछ ।

यस समूहमा नेपाल सहित वेस्ट इन्डिज, इङल्यान्ड, इटाली र स्कटल्यान्ड रहेका छन् । इङल्यान्डले पनि तीन खेलबाट ४ अंक जोडिसकेको छ । स्कटल्यान्ड र इटालीको दुई दुई अंक छ ।

भारत पाकिस्तान भिडन्त पनि आजै

यस विश्वकपमा अर्को सर्वाधिक चर्चित खेल भारत र पाकिस्तान बिच आज श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा स्टेडियममा हुँदैछ । भारतसँग खेल्ने कि नखेल्ने भन्ने द्विविधा बिच पाकिस्तानी टिम श्रीलंका पुगेको छ ।

यो म्याच साँझ ७.१५ बजे सुरु हुँदैछ । यी दुबै टिमले दुई दुई म्याच खेलेर चार चार अंक बटुलेका छन् । यहाँ पनि जुन टिमले आजको खेल जित्छ ऊ सुपर ८ मा पुग्नेछ ।

नामिबिया युएसएको खेल

तेस्रो खेल समूह ए कै युएसए र नामिबिया बिच हुनेछ । भारतको चेन्नाईमा हुने यो खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ । सुपर ८ मा पुग्न युएसएको सम्भावना रहेकाले उसले निकै मिहिनेतका साथ खेल खेल्ने अपेक्षा गरिएको छ ।

यही समूहमा रहेका भारत र पाकिस्तान अविजित रहेकाले युएसएको सम्भावना क्षीण नै मान्न सकिन्छ ।

खेलहरु संक्षेपमा
पहिलो खेल : नेपाल vs वेस्ट इन्डिज (११.१५ बजे)
दोस्रो खेल : युएसए vs नामिबिया (३.१५ बजे)
तेस्रो खेल : भारत vs पाकिस्तान (७.१५ बजे)