२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२१ मा बलिउडले गुमाएका कलाकारहरु



अ+ अ-

२०२१ साल सुरु हुने बित्तिकै कोरानाको दोस्रो लहर आयो र धेरै सेलिब्रेटीहरूलाई साथमा लिएर गए। यो वर्ष धेरै सेलिब्रेटीका लागि निकै पीडादायी रह्यो । कसैको ब्रेकअप भयो भने कसैले आफ्नो प्रियजनलाई सदाको लागि गुमाए। सन् २०२१ मा फिल्म र टिभी उद्योगका धेरै यस्ता अनुहारको मृत्यु भयो जसको प्रस्थानपछि फ्यानहरू नराम्ररी स्तब्ध भएका छन् ।

१. दिलीप कुमार

हिन्दी सिनेमाका सबैभन्दा मनपर्ने र उत्कृष्ट कलाकार दिलीप कुमारको ७ जुलाई २०२१ मा निधन भयो। ९८ वर्षीय उनी लामो समयदेखि बिरामी थिए र मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएका थिए । दिलीप कुमारको बिदाइले पत्नी सायरा बानोलाई निकै स्तब्ध बनाएको छ । दिलीप कुमारको निधन भएको थाहा पाउने बित्तिकै धर्मेन्द्र र शाहरुख खान दिलीप कुमारको घर पुगेका थिए ।

२. सुरेखा सिखरी

टिभी शो ‘बालिका वधू’ मा दादी साको भूमिका निर्वाह गरेकी चर्चित अभिनेत्री सुरेखा सिखरीले पनि २०२१ मा सबैलाई एक्लै छोडिन् । राष्ट्रिय अवार्ड विजेता सुरेखा सिखरीले धेरै फिल्म र सिरियलमा काम गरेकी थिइन् । उनको दमदार एक्टिङबाट जो कोही प्रभावित थिए । सुरेखा सिकरीको १६ जुलाई २०२१ मा बिहान हृदयघातका कारण मृत्यु भएको थियो।

३. सिद्धार्थ शुक्ला

चर्चित टिभी अभिनेता तथा ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको २ सेप्टेम्बरमा निधन भएको थियो । उनलाई हृदयाघात भएको थियो । उनी ४० वर्षका थिए । सिद्धार्थ शुक्लाले राति सुत्नुअघि औषधि सेवन गरेको बताइएको छ । औषधि खाएपछि सिद्धार्थ बिहान उठ्न सकेनन् ।

४. घनश्याम नायक ‘नट्टु काका’

चर्चित सिटकम ‘तारक मेहता का उल्टा चश्मा’ मा नट्टु काकाको भूमिका निभाएका अभिनेता घनश्याम नायकको घाँटीको क्यान्सरका कारण निधन भयो । ‘नट्टु काका’ को निधनले फ्यान स्तब्ध भएका छन् । उनले आफ्नो दमदार अभिनयले बालबालिकादेखि वृद्धवृद्धासम्मको मनमा उनले स्थान बनाएका थिए । उनले ३५० भन्दा बढी टिभि शो र २०० भन्दा बढी गुजराती र हिन्दी चलचित्रहरूमा अभिनय गरेका थिए । 

५. विक्रमजीत कँवरपाल

टिभी तथा चलचित्रका चर्चित अभिनेता विक्रमजीत कंवरपालको कोरोनाका कारण निधन भयो । उनी ५२ वर्षका थिए । विक्रमजीतको निधनले चलचित्र क्षेत्र स्तब्ध भएको छ । विक्रमजीतले सन् २००३ मा भारतीय सेनाबाट अवकाश लिएपछि अभिनयमा डेब्यु गरेका थिए । उनले ‘पेज ३’, ‘रकेट सिंह ः सेल्सम्यान अफ द इयर’, ‘आरक्षन’, ‘मर्डर २’, ‘२ स्टेट्स’ र ‘द गाजी अट्याक’ लगायत धेरै फिल्महरू गरेका थिए । 

६. अमित मिस्त्री

चलचित्र तथा टिभीका चर्चित अभिनेता अमित मिस्त्रीले पनि सन् २०२१ मा संसारलाई बिदाइ गरेका छन् । अमित मिस्त्रीको हृदयघातका कारण निधन भएको हो । फिल्म ‘क्या कहना’ मा उनले प्रीति जिन्टाको भाइको भूमिका निभाएका थिए । यस बाहेक उनी ‘तेनाली रामा’, ‘म्याडम सर’ र वेब शो ‘बन्दिश डाकु’ मा पनि देखा परेका थिए । उनले ‘एक चालिस की लास्ट लोकल’, ‘शोर इन द सिटी’ र ‘यमला पगला दिवाना’ जस्ता चलचित्रमा पनि अभिनय गरेका छन् ।

७. राजीव कपूर

राज कपूरका कान्छो छोरा र अभिनेता राजीव कपूरको फेब्रुअरी २०२१ मा हृदयघातका कारण मृत्यु भएको थियो। राजीव रणधीर कपूर र ऋषि कपुरका कान्छो भाइ थिए। उनले फिल्म ‘राम तेरी गंगा मैली’ बाट निकै नाम कमाए ।

८. शशिकला सहगल

५० देखि ६० र ७० को दशकमा आफ्नो बोल्ड छवि र दमदार अभिनय प्रमाणित गरेकी अभिनेत्री शशिकला सहगलले पनि २०२१ मा सबैलाई छाडिदिइन् । शशिकलाको अप्रिल २०२१ मा निधन भएको थियो । उनी ‘मुझसे शादी करोगी’ र ‘कभी खुशी कभी गम’ जस्ता फिल्ममा पनि देखिएकी थिइन् ।

९. राज कौशल

चर्चित अभिनेत्री मन्दिरा बेदीका पति राज कौशलको सन् २०२१ जुनमा हृदयाघातका कारण निधन भएको थियो । राज कौशल फिल्म निर्देशन र निर्माणमा काम गर्थे। उनले ‘प्यार मे कभी कभी’, ‘शादी का लड्डु’, ‘माई ब्रदर निखिल’ र ‘एन्थोनी कौन है’ जस्ता चलचित्र निर्माण गरेका थिए ।

१०. अनुपम श्याम ‘ठाकुर सज्जन सिंह’

सानो र ठूलो पर्दामा आफ्नो अभिनय कौशल देखाउने चर्चित अभिनेता अनुपम श्यामको २०२१ अगस्टमा निधन भयो। उनी ६३ वर्षका थिए । अनुपम श्याम लामो समयदेखि मृगौला रोगसँग लडिरहेका थिए । उनको शरीरका धेरै अङ्गले काम गर्न छोडेका थिए । टिभी शो ‘मन की आवाज प्रतिज्ञा’ मा ठाकुर सज्जन सिंहको भूमिकाबाट अनुपम श्यामले निकै चर्चा पाएका थिए ।