२४ जेष्ठ २०८३, आईतवार
,
Latest
इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीट्जरल्याण्डको दक्षिणपश्चिमी क्षेत्रमा रेल दुर्घटना, कैयौँ घाइते



अ+ अ-

जेनेभा। दक्षिणपश्चिमी स्वीट्जरल्याण्डको भालेसमा सोमबार बिहान एउटा रेल दुर्घटना हुँदा कैयौँ व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।

एक सामाजिक सञ्जालमा गरिएको पोस्टमा स्थानीय प्रहरीले भनेको छ, “रेल दुर्घटना बिहान ७ बजे गोपेन्स्टाइन नजिकै भएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ८० जना सवार उक्त रेल ब्रिगतर्फ जाँदै गर्दा लिकबाट बाहिरिएको थियो । हिमपहिरोले लिकलाई अबरोध गरेका कारण दुर्घटना भएको हुनसक्ने स्विस फेडरल रेलवे (एसबीबी) ले आफ्नो वेबसाइटमा लेखेको छ।

एसबीबी र बर्न–लोट्सबर्ग–सिम्पलोन रेलवेले गोपेनस्टाइन र ब्रिगबीचको सेवा अवरोधको घोषणा गरेका छन्। एसबीबीले भनेको छ, “रेलमार्ग हाल बन्द छ र मङ्गलबार बिहानसम्म यस्तै रहने अपेक्षा गरिएको छ।”

हिमपात र आँधीबेहरीले भालेसमा ठूलो मात्रामा हावाको बहाव निम्त्याएको छ। ‘डब्लुएसएल इन्स्टिच्युट फर स्नो एन्ड हिमस्खलन रिसर्च’ (एसएलएफ) को पछिल्लो बुलेटिनअनुसार स्वीट्जरल्याण्डको उक्त खण्डमा हिमपहिरो जानु र यसका कारण यातायातमा समस्या हुनु सामान्य मानिन्छ ।   (रासस\सिन्ह्वा)