२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनकेएलको दोस्रो सिजन आगामी जेठमा



अ+ अ-

काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ ।

उक्त लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष पहिलो संस्करण कल्पना गरेभन्दा राम्रो भयो । यसले नेपाली कबड्डीमा व्यावसायिकताको सुरुआत गरेको छ । अब दोस्रो सिजनलाई त्योभन्दा राम्रो र उत्कृष्ट ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । जुन सङ्ख्या गत वर्षभन्दा करिब दोब्बर रहेको यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको आयोजकले जनाएको छ ।

प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्डलगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताउनुभयो ।

एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकास अग्रवालले एनकेएल रु १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिनुभयो ।

एस्ट्रोनिक्स म्योनजेमन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टिभी एचडीसँग सम्झौता पनि गरेको छ । सम्झौतापत्रमा एस्ट्रोनिक्सका सिइओ अग्रवाल र कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर (सीएमओ) अनुपम अधिकारीले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार एनकेएल सिजन २ का खेलहरू कान्तिपुर म्याक्स टिभी एचडीबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

पहिलो सिजनमा छ सहरका छ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा काठमाडौँमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । रासस