२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ



अ+ अ-

गण्डकी। मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने पाँच चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा माउण्ट हेवन बोर्डिङ स्कुलको ग१क ३६७४ नं बसका चालक ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग१क १३८२ नं बसका चालक ३७ वर्षीय गौतम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, बिन्देश्वरी बोर्डिङ स्कुलको ग१क ६२२१ नं बसका चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलको ग१क ६४३ नं बसका चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डि स्कुलको ग१क ६४३३ नं बसका चालक ४७ वर्षीय पदम विकलाई मादक पदार्थ सेवन गरी बस चलाइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ गरिएकाहरूलाई कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले बताउनुभयो । रासस