२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानवअधिकारको संरक्षण सम्बन्धमा आज नेपाल सरकारका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरी सुरक्षा व्यवस्था चुस्त बनाउन आग्रह गरिएको बताउनुभयो ।
कार्यक्रममा आयोगका सदस्य, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

छलफलपछि आयोगले भनेको छ, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायातलगायत निर्वाचन सुरक्षासम्बन्धी सामग्रीहरूको यथोचित व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन गरिएको छ ।”

आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानवअधिकार संरक्षणका लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूले उहाँले सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुत निर्वाचन सम्पन्न गराउनका लागि उच्च मनोबलका साथ तयारी भइरहेको बताउनुभएको थियो । रासस