२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ मस्र्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा



अ+ अ-

कास्की। मनाङ मस्र्याङदी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको तेस्रो खेलमा पाहुना टोली भारत सिक्मिमको थण्डरबोल्ड नर्थ युनाइटेडमाथि १–० को कठिन जित निकाल्दै मनाङले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

खेलको ९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि ३० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयको पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष श्रेष्ठले निर्णायक गोल गरे । कर्नरबाट आएको बललाई श्रेष्ठले हेड गर्दै बललाई जाली चुमाए ।

खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर हालेका थिए । खेलमा निर्णायक गोल गरेका मनाङका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

पाहुना टोली थण्डरबोल्डका प्रशिक्षक आशिष क्षेत्रीले मनाङजस्तो राम्रो टिमसँग आफ्ना खेलाडीले राम्रो खेल प्रस्तुत गरेको बताए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल मङ्गलबार प्लानिङ ब्वाइज युनाइेट र उज्वेकिस्तानको आभा फुटबल क्लबका बीचमा खेल हुनेछ ।

यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् । रासस