२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईं पक्राउ



अ+ अ-

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार प्रसाईलाई भक्तपुरस्थित उहाँकै निवासबाट नियन्त्रणमा लिइएको हो। पक्राउपछि उहाँलाई प्रहरी परिसर काठमाडौं लगिएको छ।

फागुन ७ लाई लक्षित गरी सडक आन्दोलन गर्न सक्ने आशंकामा सरकारले प्रसाईंलाई पक्राउ गरेको हो ।

यसअघि माघ २३ गते पनि उहाँलाई काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट पक्राउ गरिएको थियो। त्यसबेला माघ २५ गते हाजिरी जमानीमा रिहा हुनुभएको थियो।

राप्रपाले दुर्गा प्रसाईलाई पक्राउ गरेर सरकारले तानाशाही चरित्र देखाएको आरोप लगाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रसाईलाई पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो -“रातको समयमा दुर्गा प्रसाईलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ। सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ। बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटकपटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ। प्रसाईलाई अविलम्ब र बिना शर्त रिहा गरियोस् ।”