आइसिसि टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्दैछ ।
मुम्बइको वान्खेडे रंगशालामा नेपालको खेल साँझ ७.१५ बजे सुरू हुनेछ । नेपाल यसअघिका सबै तीन खेल हारेर विश्वकपबाट बिदा भइसकेको छ ।
नेपाल यसअघि इङल्यान्डसँग ४ रन, वेस्ट इन्डिजसँग ९ विकेट र इटालीसँग १० विकेटले पराजित भएको थियो । इङल्यान्डसँगको झिनो मतान्तरको हार र लडाकुपन दोस्रो र तेस्रो खेलमा कायम राख्न नसकी नेपाली टिमले नेपाली खेलप्रेमीलाई निराश बनाएका थिए ।
नेपालको खेल हेर्न वान्खेडेमा ठूलो संख्यामा नेपाली खेलप्रेमी पुगेका छन् ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली टिममा कन्सिस्टेन्सीको समस्या रहेको र त्यसमा सुधार गर्नुपर्ने खाँचो रहेको बताएका छन् । जितको नजिक पुगेर पनि पराजित हुँदा सबैको मन दुखेको उनको भनाइ छ ।
नेपालले आजको खेल जितेमा यो पहिलो विजय हुनेछ । स्कटल्यान्ड पनि यो समूहबाट बिदा भइसकेको छ । नेपाल समेत सहभागी समूह सी बाट इङ्ल्यान्ड र वेस्ट इन्डिज समूह ८ मा प्रवेश गरिसकेका छन् ।
मंगलबारका खेलहरु
पहिलो खेल : क्यानडा vs न्युजील्यान्ड (११.१५ बजे)
दोस्रो खेल : आयरल्यान्ड vs जिम्बाबे (३.१५ बजे)
तेस्रो खेल : नेपाल vs स्कटल्यान्ड (७.१५ बजे)
सुपर ८ मा प्रवेश गरेका टिमहरु
समूह ए – भारत
समूह बी – श्रीलंका
समूह सी – वेस्ट इन्डिज र इङल्यान्ड
समूह डी – दक्षिण अफ्रिका











