काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा पत्रकार प्रदीप चापागाईं मनोनीत हुनु भएको छ । प्रवक्ता देवराज चालिसे नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष रहनु भएका चापागाईंलाई मनोनयन गर्नुभएको हो ।
पार्टी उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिसँग समन्वय गर्दै प्रचार रणनीति अघि बढाउने जिम्मेवारी सो समितिलाई छ।प्रवक्ता चालिसेको संयोजकत्वमा रहेको प्रचार प्रसार समितिले चुनावी सन्देश प्रभावकारी रूपमा मतदातासम्म पुर्याउने काम गर्नेछ ।












