२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय शिक्षाका लागि शांकरी स्कुलको योगदान महत्वपूर्ण: मन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गुणस्तरीय शिक्षाका लागि शांकरी स्कुलको योगदान महत्वपूर्ण रहेको बताएका छन् । शांकरी स्कुलको छैटौं अभिभावक दिवस उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालको शैक्षिक क्षेत्रको गुणस्तर उकास्न निजी क्षेत्रको महत्वपूर्ण योगदान गरेको बताएका हुन् ।

गुणस्तरीय शिक्षा पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै उनले सबै किसिमका बालबालिकाको अधिकार सुनिश्चित गर्न बालबालिका ऐन संशोधन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । बालबालिकाको उज्ज्वल भविष्यबाट मात्र मुलुकको सर्वांगीण विकास सम्भव हुने भन्दै मन्त्री गुरुङले शिक्षा क्षेत्रमा योगदान दिएका सबैलाई सरकारले समान रूपमा हेर्ने समेत बताए ।

समृद्ध नेपाल, सुखी नेपालीको अभियानअनुसार अघि बढेको सरकारले महिला, बालबालिका र ज्येष्ठ नागरिकको अधिकार र सम्मानका लागि यथोचित कदम चाल्नेसमेत उनले बताए ।स्कुलका अध्यक्ष तथा सीईओ विदुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अनन्त बाबु राईले शांकरीले गुणस्तरीय मात्र नभई व्यावहारिक शिक्षामा जोड दिइरहेको बताए । काठमाडौंको प्रज्ञा भवनको मुख्य हलमा विद्यार्थीले सांगीतिक प्रस्तुति दिएका थिए । राजधानी दैनिकबाट