२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र, छैनन् गाई



अ+ अ-

दोलखा । भीमेश्वर नगरपालिका–८ बोचमा १५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र छ। ६ सय क्षमताको दक्षिण एसियाकै ठूलो भन्दै ८ वर्षअघि सुरु गरिएको फार्ममा अहिले न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन्। फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन पनि फाँडेर स्वाहा पारिएको छ। नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष एवं कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा खोलेको गाई फार्म अलपत्र छाडेर सम्पर्कविहीन छन्।

दैनिक डेढ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ०६८ देखि काम सुरु गरिएको रिसर्च सेन्टरले फार्मलाई अलपत्र छाडेको हो। यो फार्म काठमाडौंबाट एक सय २० किलोमिटरको दूरीमा पर्छ। फार्ममा बनेका अधिकांश संरचना अलपत्र छन्। पब्लिक प्राइभेट पार्टनरसिप पद्धतिबाट सुरु गरिएको गाई फार्ममा सरकारको करिब ८ करोड लगानी छ। गाईपालनका लागि अत्याधुनिक गोठ बनेका छन्। ती गोठको भुइँ, छाना र भित्तामा काठको फ्लोरिङ ओच्छ्याइएको छ।

घना जंगल मासेर भव्य कटेज बनेका छन्। ठूला रूख काटेर घाँस खेतीका लागि बारी बनाइएका छन्। बारीमा आलु रोपेर रिसर्च सेन्टरका खड्काले आफ्नो लगानी सुरक्षित गरेको स्थानीयको आरोप छ। अन्तिम चरणमा पुगेको गोठ चार वर्षअघिको भूकम्पले क्षति पुर्‍याएको थियो। भूकम्पले पुर्याएको क्षतिपछि फार्मको पुनर्निर्माण भएको छैन। अहिले गाई फार्ममा १० वटा बाख्रा, ३ वटा कुकुर र एक जना कुरुवाबाहेक केही देखिँदैन।

फार्म कुरेर बसेका विश्व तामाङले गाई आउँछ भनेर फार्म कुरेको बताए। मुडे–चरिकोट राजमार्गको हलहलेबाट करिब ५ किलोमिटर पहुँचमार्गसहित फार्ममा करिब ११ करोड लगानी भइसकेको बताइन्छ। अन्नपुर्णपोष्ट दैनिकबाट