२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशको चुनावको नेपाली सन्देश के हुनसक्ला ?



अ+ अ-

काठमाडौँ । बंगलादेशमा विद्यार्थी आन्दोलनको करिब डेढ वर्ष भयो । सो आन्दोलनले यस्तो राजनीतिक परिवेस ल्याइदियो कि प्रधानमन्त्री नै हेलिकोप्टर चढेर विदेश भाग्नुपर्यो । त्यहाँकी तत्कालीन प्रधानमन्त्री शेख हसिना सोही आन्दोलनका कारण भागेर अहिलेसम्म पनि भारतमै छिन् । यसरी उनी भारतमा शरण लिन पुगेको घटना दक्षिण एसियाकै राजनीतिमा एउटा उदाहरणका रुपमा लिन थालियो ।

त्यो आन्दोलनका बाछिटा नेपालमा पनि परेकै हुन् । जब बंगलादेशबाट हसिना भागिन् त्यसपछि नेपालमा हुने सभा सम्मेलन तथा संसद आदिमा बंगलादेशको हालत नेपालमा पनि दाहोरिन सक्छ भन्ने आवाज गुञ्जिन थालेको हो । कतिपय नेताहरुले त बंगलादेशका प्रधानमन्त्री जस्तै हेलिकोप्टरमा भाग्ने तयारी गर्न तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिने गरेका थिए ।

हुन पनि परिस्थिति त्यस्तै बन्यो भदौको अन्तिम साता । आन्दोलन नेपालमा पनि त्यस्तै भित्रियो र एक प्रकारले भन्ने हो भने आँधीबेहरी नै आयो । बंगलादेशमा विद्यार्थी आन्दोलन थियो र यता पनि जेनजीहरुले नै जेहाद छेडे । त्यसपछि भदौ २४ गते यस्तो दिन आयो, प्रधानमन्त्री हेलिकोप्टरमै भाग्नुपर्ने अवस्था आयो ।

त्यो अन्दोलनको करिब डेढबर्षपछि त्यहाँ निर्वाचन भयो । तर निर्वाचनको परिणाम भने त्यो आन्दोलनको जस्तो आएन । जसरी आन्दोलनले युवा बर्गको माग स्थापित गर्यो र उनीहरुकै नेतृत्वको आन्दोलनले देशमा क्रान्ति गर्यो, तर आज त्यस्तै अवस्था रहेन ।

पछि बंगलादेशमा हालै आम निर्वाचन भयो । निर्वाचनमा कुल ३०० मध्ये २१२ सिट जित्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) विजयी भयो । यो दुई तिहाइ भन्दा बढी सिट हो । र, बिएनपी नयाँ अथवा जेनजीहरुको नभएर त्यहाँको पुरानै पार्टी हो ।

त्यस लगत्तै बंगलादेशको यही चुनावी नतिजालाई लिएर नेपालमा पनि राजनीतिक चर्चा परिचर्चा सुरु भइरहेको छ । बंगलादेशमा आन्दोलनको बलमा भएको चुनावबाट पुरानै शक्ति उदाएपछि यहाँ नयाँ भनिएका शक्तिहरुमा चिसो पसेको देखिन्छ । अनि नेपालका पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतहरु भने अहिले नै हौसिन थालेको देखिएको छ ।

दुई दिनअघि झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त नेपालमा पनि बंगलादेशकै जस्तो चुनावी अवस्था हुने जिकिर गरे । बंगलादेशमा आन्दोलनबाट उदाएको दलले ६ सिट मात्र हात पारेको उदाहरण दिँदै उनले यहाँ पनि त्यही अवस्था दोहोरिने तर्क अघि सरेका थिए । चुनावमा पुरानै दल बलियो भएर आएकोमा ओली उत्साहित देखिएका थिए ।

उता रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालमा बंगलादेश जस्तै अवस्था हुने धारणा राखेका थिए । आगजनी र हिंसात्मक गतिविधि फैलाउनेहरूलाई जनताले अस्वीकार गरेको सन्देश बंगलादेशको चुनावले दिएको जिकिर उनको थियो । प्रचण्डले फेसबुकमा लोकप्रिय हुँदैमा चुनाव जित्न सकिँदैन भन्दै सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका व्यक्ति नै हारेको उदाहरण दिएका थिए ।

यता जनमत पार्टीका अध्यक्ष डा सीके राउतको सन्देश अझ स्पट थियो । उनले भनेका थिए कि विध्वंश मच्चाउँदै राजनीतिमा स्थापित हुन आएका युवालाई बंगलादेशका मतदाताले अस्वीकार गरेजस्तै नेपालमा पनि गर्नेछन् ।

यस्तै भनाई राख्दै हिले नेपालका पुराना दलका नेताहरुले अब नेपालमा पनि फागुन २१ गतेको निर्वाचनले देश जलाउने, लुट्ने र ठग्ने सिद्धान्तविहीन, नैतिकताविहीन, संघीयताविरोधी आदिलाई सफाया गर्ने बताउन थालेका छन् ।

बीएनपी बंगलादेशको पुरानै पार्टी हो, तर जुलाईमा भएको त्यहाँको क्रान्तिलाई भने यसले समर्थन गरेको थियो । आन्दोलनको नेतृत्व गरेका केही विद्यार्थीहरूले बनाएको नेसनल सिटिजन्स पार्टी (एनसीपी) ले इस्लामवादी दल जमात–ए–इस्लामीसँग गठबन्धन गरेर पनि ६ सिट मात्र जितेको छ ।

बीएनपी ४७ वर्ष पुरानो पार्टी हो । उक्त पार्टीले चार पटक सरकारको नेतृत्व गरिसकेको छ । शेख हसिना नेतृत्वको अवामी लिग र खालिदा जिया नेतृत्वको बीएनपीबिच सुरुदेखि नै प्रतिस्पर्धा थियो । अहिले पनि बंगलादेशमा त्यही अवस्था आएको टिप्पणी भइरहेको छ । बंगलादेशमा लामो समय आलापालो यी दुवै दलले नेतृत्व गर्दै आएका थिए ।

अघिल्लो चुनावमा भने अवामी लिग पार्टीलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । त्यसैले निर्वाचन परिणामलाई लिएर शेख हसिना प्रश्न उठाएकी छिन् । बीएनपी र अवामी लिगबिच तात्विक फरक देखिँदैन । यसपटक बीएनपीको नेतृत्व नयाँ नेता तारिक रहमानको हातमा पुगेको छ । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन् ।

अर्काे कुरा के पनि छ भने प्रधानन्त्री नियुक्त तारिकमाथि भ्रष्टाचारको आरोप छ । आमा प्रधानमन्त्री भएको बेला त्यसको गलत फाइदा लिएको टिप्पणीहरु उनीमाथि प्रायः भइरहेकै हुन्छ । खालिदा जियाको केही महिनाअघि निधन भएको थियो । संसदमा दुईतिहाइ सिटका साथ तारिक बंगलादेशको नयाँ प्रधानमन्त्री बनिसकेका छन् ।

उस्तै आन्दोलन, उस्तै सन्देश बोेकेको बंगलादेश र नेपालको तुलना गर्दा पुरानै दलले नेपालमा पनि चुनाव जितेर आउँदा नेपालमा के होला भन्ने चर्चा अहिले आएर सुरु भएको छ । यता मतदाताले नयाँ कि पुरानै पार्टीलाई पत्याउलान् त भन्ने चर्चा केही दिनयता सुरु भएको छ । त्यसैले फेसबुकबाटै चुनाव लडिरहेका र पुरानै शैली र ढर्रामा गाउँ गाउँ र निर्वाचनको मोर्चामा लडिरेहका पार्टी र उम्मेदबारबीच बंगलादेशको निर्वाचनको सन्देश पुगेकै छ । तर त्यसको परिणाम के होला भन्ने दुविधा भने यो चुनावले झनै बढाइदिएको देखिन्छ ।




भर्खरै