२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्तीमा पूर्वराजाको विज्ञप्ती: सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयलाई विवादमा पार्ने प्रयास कतैबाट हुन नहुने बताएका छन् । २९८औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शनिबार साँझ विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुन नहुने बताए ।

Hop in for a free ride with

‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने ?,’ उनले भनेका छन्, ‘राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुनु हुँदैन ।’ शाहले विज्ञप्तीमा हिमाल, पहाड र तराई मिलेर बनेको नेपाल राज्य स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने समेत उल्लेख गरेका छन् ।

यस्तै मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्नेमा समेत उनले जोड दिएका छन् । विज्ञप्ती मार्फत उनले देशको सिमा रक्षाका लागि पर्याप्त पहल नभएको भन्दै सबै भूभागको रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास समेत हुनु पर्ने भनेका छन् । ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ भन्दै पूर्व राजा शाहले सत्यको कुनै न कुनै दिन जित हुने समेत भनेका छन् ।

उनले जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्ट रहेको विज्ञप्तीमा भनेका छन् । उनले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू आधुनिक नेपाल निर्माणको प्रक्रियामा आज पनि उतिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।